बुद्धले भित्र्यायो नयाँ एटिआर विमान

बुद्ध एयरले १६औँ एटिआर विमान भित्र्याएको छ । बुद्धले ९एन एएनडब्लु कल साइन भएको एटिआर ७२ विमान नेपाल भित्र्याएको हो ।  

‘हामीलाई यो कुरा सार्वजनिक गर्न पाउँदा खुसी लागेको छ कि हामीले कल साइन ९ एन एएनडब्लुसहितको १६ औं एटिआर ७२ एयरक्राफ्ट अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छौँ,’ बुद्ध एयरले भनेको छ । 

योसँगै एटिआर ७२-५०० एयरक्राफ्ट विमानको संख्या १३ पुगेको छ । त्यस्तै, एटिआर ४२-३०० तीन वटासहित अब बुद्धसँग जम्मा विमानको संख्या १६ पुगेको बुद्ध एयरका सञ्चार अधिकृत दिनेश कर्णले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार २१:५८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया