उपेन्द्र यादवको आशंका : संघीयता समाप्त पार्ने खेल हुँदैछ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थालेको आरोप लगाएका छन् । 

बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले सङ्घीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट सङ्घीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे ।

उनले राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागर गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको पनि आरोप लगाए । 

तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको सङ्ख्या रहे पनि वर्तमान सरकारले १३ प्रतिशतमात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा सङ्गठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए । 





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार ६:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया