‘नक्कली’ भन्दै समातिएका ‘सक्कली डाक्टर’ यादव थुनामुक्त

‘नक्कली डाक्टर’ को आरोपमा पक्राउ परेका वास्तविक डाक्टर बारा घर भएका रञ्जितकुमार यादव थुनामुक्त भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आइतबार साँझ थुनामुक्त गरेको हो ।  

एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि सीआईबीले ‘अपरेसन फोक्सट्रोट’ नाम दिएर नक्कली डाक्टरमाथि अनुसन्धान सुरु गरेको थियो । त्यसक्रममा यही २५ साउनमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य समेत रहेका मेडिकल व्यवसायी सुनिल शर्मा पक्राउ परेका थिए ।  

सीआईबीले शुक्रबारसम्म ८ जनालाई ‘नक्कली डाक्टर’लाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये प्रतिनिधि सभा सदस्य शर्माबाहेक अन्यलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप अनुमति दिएको थियो । अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि बारा घर भएका डाक्टर यादव सक्कली भएको पाइएको हो । 

यादव सक्कली भएको थाहा भएपछि सीआईबीले उनलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाएको थियो । नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपिसहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो । काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो ।  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ८:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया