नेपाल बाल संगठनले संस्थाको हित विपरीत भएका सम्झौता खारेज गर्ने

नेपाल बाल संगठनले, संस्थाको हित विपरीत हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी,  संगठनले संस्थाको हित विपरीत हुने गरी यसअघि विभिन्न काल खण्डमा भएका लिज सम्झौता खारेज गर्ने जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार गरीसकेको भन्दै बालबालिका र संगठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको जानकारी दिइन् । 

उनले आफूहरूको उक्त निर्णयमा सबैको साथ सहयोगको आवश्यक रहेको भन्दै सहकार्यको लागि आग्रह समेत गरिन् । 

उनले भनिन्,‘ नेपाल बाल संगठनको सम्पत्ति पुन संगठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार तथा पहल गरिसकिएको छ । कतिपय जिल्लाहरूमा अनुगमन तथा निरीक्षण गरी सम्पत्ति फिर्ता समेत ल्याइएको छ । बालबालिका र संगठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको छ । यस कार्यमा हामीलाई तपाईँहरू सबैको सहयोग तथा सहकार्यको आवश्यकता रहेको छ।’

संगठन अन्तर्गत सञ्चालित बालगृहरूमा संरक्षित बालबालिकाहरूलाई आवासको कठिनाइ भइरहेको संगठनले जनाएको छ । संगठनका अनुसार नक्साल बालगृहमा बर्सातको पानी पसेका कारण अव उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भइरहेको छ भने नेपाल बाल संगठनको केन्द्रीय कार्यालय रहेको सीता भवन भूकम्पका कारण भत्किएको तथा हाल पुनः निर्माणको काम भई रहेको र कहिले सम्पन्न हुन्छ सोको यकिन समेत नभएको अवस्था रहेका कारण यस्तो समस्या आएको हो। 





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १५:५१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया