नेविसंघ समावेशी नभएकाे भन्दै दुई केन्द्रीय सदस्यले दिए राजीनामा

नेपाल विद्यार्थी संघकाे केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि राख्दै दुई केन्द्रीय सदस्यले पदबाट राजीनामा घाेषणा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक साताअघि विधानविपरीत नेपाल विद्यार्थी संघकाे सात सय ११ सदस्यीय केन्द्रीय समिति बनाएका थिए । 

साे समितिमा समावेश गरिएका दुई केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पालाई पत्र लेख्दै पदबाट राजीनामा दिएका हुन् । 

उनीहरूले नेविसंघमा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरेकाे उल्लेख गर्दै भनेका छन्, 'लामो समय रिक्त रहेको नेविसंघले पूर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिनु र महिला सहभागिता एकदमै न्यून हुनुले नेविसंघमा असमानताको अवस्था सिर्जना गरेकोप्रति आदरणीय सभापतिको ध्यानाकर्षण गराउन चाहन्छौँ। साथै उल्लेखित मनोनयनका क्रममा संगठनको संरचना वा बनोट निर्माण गर्दा चुस्तता कायम गर्न नसके यसका निर्दिष्ट लक्ष्य हासिल हुन नसक्ने तथा सांगठिक गतिशीलता एवं प्रभावकारिता समेत कायम हुन नसक्ने यथार्थ बोध गर्न सकेको स्थिति छैन ।'

योगदान, क्षमता, कार्यकौशलता र पृष्ठभूमिको आधारमा भन्दा पनि व्यक्तिगत अनुकम्पामा नेतृत्व चयन गर्ने प्रणाली विकसित हुँदै गएकाे उनीहरूकाे आरोप छ । 'आजको परिप्रेक्ष्यमा विद्यार्थी राजनीति प्रश्नको घेरामा पर्दै प्रतिरक्षाको सँघारमा उभिएको छ,' विज्ञप्तिमा भनिएकाे छ, 'नेविसंघलाई यो दुष्चक्रबाट बाहिर ल्याउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ।'


 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १६:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया