जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेमाथि आजीवन कारावासको सजाय दिने कानुन बनाउन सरकारसँग माग गरेका छन् । 

मृत्युदण्डको कानुनी व्यवस्था गरे पछि मात्रै अमेरिकालगायत मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

आज पनि नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गरे । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको संविधानले जातीय विभेदलाई गम्भीर अपराधको रुपमा लिए पनि त्यसअनुसारको कानुन नबन्दा त्यसबाट हुने उत्पीडन अझै कायमै रहेको बताए । 

सांसद गौतमले जातीय विभेद गर्नेहरुको सम्पत्ति कब्जा गरेर सरकारले पीडितलाई तत्काल राहत दिने व्यवस्था गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराए । जातीय विभेद अन्त्यका लागि संसद र संसदीय समितिले दिएको निर्देशनको पूर्ण पालना गर्न पनि उनले सरकारलाई दबाब दिए । 
 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १६:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया