नेपाल–भारतबीचको मनमुटाव छलफलका माध्यमबाट समाधान गर्नुपर्छ : उपेन्द्र यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन् । बुधबार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेपाल र भारतमा उपलब्ध स्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए । दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । 

विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रूपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताउँदै उनले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए । उनले भने,‘हाम्रो दुवै देशको सम्बन्धलाई अब हामीले नयाँ धारा र नयाँ दिशा दिन जरुरी छ ।’

अध्यक्ष यादवले एकअर्का देशबीच एकअर्काको हितलाई समेटर अघि बढ्न जरुरी रहेको बताए । नेपालका नागरिक भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नुपरेको भन्दै उनले त्यसलाई समाधान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १९:४१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया