सुनसरीमा मिटरब्याजसम्बन्धी मुद्दा : ४ करोडको दाबी १ करोडमा सल्टियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मिटर ब्याजविरुद्धको सुनुवाइमा सुनसरी जिल्ला प्रशासनले ठूलो सफलता हात पारेको छ । जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबीसहितको मिटरब्याजीविरुद्धको उजुरी सुनसरी प्रशासनले १ करोड १० लाखमा टुङ्ग्याएको हो । 

आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्षअघि धरानकै मणिराज राईबाट ५४ लाख ब्याजमा लिएका थिए । 

आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्ससमेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए । मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको मागसहित सुनसरी प्रशासनमा उजुरी हालेको बताए । उजुरी उपर छानबिनपश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुसी व्यक्त गरे ।  

यता सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटरब्याजी विरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् । प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउनसके पीडितले सहजै न्याय पाउने बताइन् । 

उनले जिल्लामा ५ सय बढी मिटरब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको समेत जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयबाट अहिले २ सयभन्दा बढी उजुरीको छानबिन गरिरहेको प्रजिअ पाण्डेले बताइन् । 





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १३:९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया