नेपालको भौगर्भिक र भू-सतहको अध्ययन गर्न आवश्यक छ : वामदेव गौतम

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताएका हुन् ।

उनले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताए । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले जथाभाबी जमिनमा खनजोत गर्नु नहुने भन्दै जति धेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गरे । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भू–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताए । 

उनले भने, ‘राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग गर्‍यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो । भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिँडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ । बाढी, पहिरो आउँछ । यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ ।’

उनले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताए  । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताए ।  





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार १६:३१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया