प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ भोलि नै सक्ने संसदीय समितिको तयारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि नै सक्ने तयारी संसदीय सुनुवाइ समितिले गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश रुद्ध तीन वटा मात्रै उजुरी परेकोले उजुरी उपर उजुरीकर्ता र सिफारिस श्रेष्ठलाई बैठकमा बोलाएर छलफल गरी समितिको सुनुवाइलाई भोली नै टुङ्ग्याउने तयारी गरेको छ । 

समितिका सदस्यहरूले प्रधानन्यायाधीशविरुद्ध धेरै उजुरी नपरेको र परेको उजुरी मध्ये पनि दुई वटा सैद्धान्तिक प्रकृतिको रहेको भन्दै भोली नै उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्ने र सुनुवाइलाई अन्तिम रूप दिने गरी आज बसेको समितिको बैठकले निर्णय गरेको छ । 

समितिमा सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य समेत रहेका पशुपति शमशेर राणाले बैठकको निर्णय सुनाउँदै भने, ‘भोली उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई वा अन्य विधिबाट उजुरीको पुस्ट्याइँ, औचित्यता स्पस्ट पार्नको लागि आमन्त्रण गर्ने,प्रस्तावित व्यक्तिलाई पनि आमन्त्रण गरी छलफल गर्ने र सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने लगायतका विषयहरूको सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८०को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्य तालिका परिमार्जन सहित पारित गर्नहुन अनुरोध गर्दछु ।’

गत असार १७ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । भोली (सोमबार) बस्ने संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेमा श्रेष्ठ २०८१ साल असोज १९ गतेसम्म प्रधानन्यायाधीश हुनेछन्।





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १४:५५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया