संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध परेका उजुरीमाथि सुनुवाइ जारी

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीमाथि सुनुवाइ थालेको छ । सोमबार श्रेष्ठ विरुद्ध उजुरी गर्ने उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई समितिमा झिकाएर सुनुवाइ भइरहेको छ । 

अनुवादक तथा अधिवक्ता समेत रहेका एसके तिमिल्सिनालाई समितिमै झिकाएर श्रेष्ठ माथि गरेको उजुरी उपर सुनुवाइ र छलफल गरिएको छ । सुनुवाइ,समितिमा उपस्थित उजुरीकर्ता तिमिल्सिनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा ३ मा उल्लेख भएअनुसार कार्यविधिको पालना गर्नुपर्ने भनिए पनि उक्त ऐनको कार्यविधि विपरीत प्रधानन्यायाधीश सिफारिस भएको धारणा समितिमा राखेका छन् । सार्वजनिक पद धारणा गर्ने व्यक्तिले कार्यविधि मिचेर जान नहुने र सर्वोच्च अदालतको प्रधानन्यायाधीश जस्तो व्यक्ति संविधान सम्मत हुनुपर्ने उनको भनाई छ । 

उनले सुनुवाइ समितिमा भने, ‘कानुनी शासन अवलम्बन गर्ने हो भने अहिलेको प्रस्तावित प्रधानन्यायाधीश गैर कानुनी र गैर संवैधानिक हो त्यस कारणले गर्दा यो सुनुवाइ समितिले कानुनको शासनको पालनाको लागि महत्त्वपूर्ण भूमिका खेलोस् भन्ने मेरो विनम्र अनुरोध छ ।’ 

उजुरीकर्ता तिमिल्सिनाले सिफारिस प्रधानन्यायाधीशको नियुक्ति भए त्यो गैर संवैधानिक र अख्तियारको दुरुपयोग हुने भन्दै श्रेष्ठ विरुद्ध उजुरी हालेका थिए । प्रधानन्यायाधीशको नियुक्ति कार्यविधि मिचेर गर्न नहुने भन्दै उजुरी गरेका हुन् । समितिले आजै सुनुवाइ प्रक्रिया सकेर प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ सक्ने तयारी गरेको छ ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १२:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया