अस्ट्रेलिया भिसा रद्द भएको छैन,  प्लिज मलाई नगिजोल्नुस् : समीक्षा अधिकारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाले आफ्नो भिसा रद्द नगरेको बताएकी छन् । उनको भिसा अस्ट्रेलियाले रद्द गरेको विषय सामाजिक सञ्जालमा उठेपछि त्यसबारे प्रतिक्रिया दिएकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही आर्थिक कागजात थप्नुपर्ने प्रक्रिया चलिरहेको बताएकी छन् । उनले आफूलाई  नगिजोल्न आग्रह गर्दै अस्ट्रेलिया भिसा रद्द गरेको खबर झुटो भएको उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्, ‘आज यति मात्र भन्न चाहेँ कि म ब्ल्याक लिस्टमा परेको भन्ने खबर सरासर झुटो हो ।’  





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १६:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया