पैदलयात्री जोगाउन खोज्दा मोटरसाइकल दुर्घटना : दुई युवकको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   

आइतबार अपरान्ह ५ बजेतिर भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका–८ का २४ ववर्षीय सविन लिम्बू र २९ वर्षीया संगम तामाङको मृत्यु भएको हो । 

को १४ प ८९२ नम्बरको रातो रङको पल्सर मोटरसाइकल म्याङलुङ जिरिखिम्ती सडकखण्डमा मोटरसाइकल पैदलयात्रीलाई जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक विद्यासागर मेहताले जानकारी दिए । 

दुवै जनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल तेह्रथुममा राखिएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : भदौ ११, २०८० साेमबार ६:५४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया