भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।
आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला सोमबार दिउँसो १२ बजेतिर एकाएक हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।
रिजालका अनुसार शव फेला परेको स्थान घर र मन्दिरबाट ५ सय मिटरको दूरीमा रहेको छ । उनको शव सोमबार अपरान्ह ३ बजेतिर फेला परेको हो ।
बालिकाको शव फेला परेपछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको समेत जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।