शिक्षा दिवसमा समाज कल्याण शिक्षा पुरस्कार र नेपाल प्रविधि विद्याभूषण थप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोज २ गते हुने राष्ट्रिय शिक्षा दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार प्रदान गर्ने भएको छ ।

विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक संकायका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिनेछ । 

नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ पुरस्कार थपिएका हुन् ।

यस्तै सडक बालबालिका, एचआइभी एड्स संक्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रिय स्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

सो पुरस्कारका लागि यही भदौ २२ गतेभित्र आवश्यक कागजातसहित सिफारिस वा आवेदन दिन मन्त्रालयले सूचना जारी गरेको छ । बढीमा पाँचजनालाई अधिकतम पाँच लाखसम्मका दरले यो पुरस्कार दिइनेछ ।

दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दै आएको छ । दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईका अध्यक्षतामा गठित मूल समारोह समितिको मातहतमा सहसचिव डा‍‍‍. हरि लम्सालको संयोजकत्वमा रहेको पुरस्कार चयन उपसमितिले पुरस्कार सिफारिस गर्नेछ ।





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार २२:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया