पारस खड्का क्यान बागमती प्रदेशको अध्यक्षमा निर्वाचित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यान बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । ललितपुरमा आज सम्पन्न निर्वाचनमा उमेश पियालाई नौ मतान्तरले पराजित गर्दै पारस विजयी भएका हुन् । 

कूल ३७ जना प्रतिनिधिमा शतप्रतिशत मत खसेको थियो । त्यसमध्ये पारसले २३ मत प्राप्त गरे भने उमेशले १४ मत मात्रै प्राप्त गरे । 

त्यस्तै उपाध्यक्षमा प्रेमबहादुर क्षेत्रीले पनि २३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी रुपक रञ्जितले पनि १४ मत पाए । 

यसैगरी, सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भए भने प्रज्वल सापकोटा १४ मतसहित पराजित भए । 

यसैगरी, कोषाध्यक्षमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यमा नीरा राजोपाध्याय निविरोध भएकी थिइन् भने बाँकी १२ सदस्यका लागि लागि निर्वाचन भएको थियो । 



निर्वाचनमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरेर निर्वाचित भए । 

यसैगरी पराजित भएकामधये अनुजमान श्रेष्ठले १६ मत प्राप्त गरे भने अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, सुरज सिलवाल, रामधन ढकाल र पारस अधिकारीले समान १४–१४ मत मात्रै प्राप्त गरे ।



असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।

  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार १८:५६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया