काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना : दुईको मृत्यु, ६ जना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

दुर्घटनामा मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडकखण्डको पाँचकिलो नजिकै गएराति २ बजे दुर्घटना भएको हो । 

सडकबाट झन्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राति स्थानीयले उद्धार गरेका थिए । दुर्घटनामा घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार ८:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया