वीर अस्पतालको छैटौँ तलाबाट खसेका एक पुरुषको मृत्यु

वीर अस्पतालको छैटौँ तलाबाट खसेका एक जनाको मृत्यु भएको छ । सर्जिकल भवनको तलाबाट खसेका ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी दिए ।  

सूचना अधिकारी मिश्रका अनुसार घटना आज बिहान करिब २/३ बजेतिरको हो । उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनीमाथि तलामा गएर हाम फालेका थिए । 

अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १२:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया