एजेन्सी– युरोपियन युनियन र भारतले यात्रुको सुरक्षाका लागि आफ्नो हवाई क्षेत्रमा बोइंग ७३७ म्याक्सको विमान उडानमा रोक लगाएको छ ।
इथियोपियन एयरलाइन्सको विमान दुर्घटना भएपछि बेलायत,चीनलगायत अन्य धेरै देशले बोइं ७३७ म्याक्सलाई प्रतिबन्ध गरेका छन् ।
आइतबार भएको दुर्घटनामा १५७ मानिसको मृत्यु भएको थियो । यो पाँच महिनाभित्र ७३७ म्याक्स ८ मोडलसँग जोडिएको दोस्रो दुर्घटना हो ।
तर अमेरिकी अधिकारीले यो विमान सुरक्षित भएको बताएका छन् । तर युएस एसोसिएशन अफ एटेन्डेन्स–सिडब्ल्युए युनियनले संघीय उड्डयन प्रशासनसँग सावधानी अपनाएको भन्दै अमेरिकामा ७३७ म्याक्स विमानको उडान अस्थायी रुपले रोकेको छ ।
भारतको नागरिक उड्डयन मन्त्रालयले बोइंग ७३७ म्याक्स विमानको उडानमा तुरुन्तै रोक लगाउने निर्णय गरेको हो । डिजिसिएले बोइंगले सुरक्षित उडान गर्नका लागि उचित कदम नउठाएसम्म र आवश्यक सुधार नगरेसम्म भारतले यो विमान नउडाउने बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।