फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर बोर्डमा सिफारिस गर्न अस्वीकार

चलचित्र विकास बोर्डले फिल्म ‘एक भगवत् गीता’लाई सेन्सर बोर्डमा सिफारिस गर्न अस्वीकार गरेको छ।

सो फिल्म आगामी २९ भदौबाट प्रदर्शनमा आउने तयारीमा छ । धार्मिक संगठनहरूको दबाबका कारण बोर्डले सेन्सर बोर्डमा सिफारिस गर्न अस्वीकार गरेको हो।

हिन्दु जागरण नेपाल,  विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रम लगायत १३ संस्थाले सो फिल्मको नाममा विरोध जनाएका छन् । उनीहरुले फिल्मको नाम परिवर्तन नगरी सेन्सरको सिफारिस नदिन भन्दै बोर्डमा धर्ना दिइरहेका थिए।

श्रीमद् भगवत् गीतासँग कथावस्तु नमिल्ने भएकाले नाम परिवर्तन गर्न उनीहरुले दबाब दिइरहेका थिए। ‘एक भगवत् गीता’मा अन्तरजातीय प्रेम र जातीय विभेदको कथा छ । 





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १९:१८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया