कोशी प्रदेश : एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी, आजै शपथ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने तयारी गरिएको छ । 

बिहीबार सर्वोच्च अदालतले थापाको नियुक्ति संविधानविपरीत रहेको भन्दै ४८ घण्टाभित्र कोशी प्रदेशका एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । कोशी प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो । 

सर्वोच्चले मुख्यमन्त्री नियुक्तिको अर्को विकल्पमा जान सुझाएसँगै मुख्यमन्त्री पदमा कार्कीलाई नियुक्त गर्न लागिएको हो । उनलाई मुख्यमन्त्री नियुक्त गरेर आजै शपथ गराउने तयारी छ । 

शुक्रबार मुख्यमन्त्री नियुक्त गरेर साँझ ६ बजे शपथ कार्यक्रम तय भएको कोशी प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराउने तयारी गरेका छन् ।





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार १६:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया