जर्जियाको पोस्टमा स्पेनको ७ गोल, अल्भारोको ह्याट्रिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युरोकप २०२४ छनोटमा जर्जियाविरुद्ध स्पेनले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा जर्जियाविरुद्ध स्पेनले ७–१ गोल अन्तरको जित निकालेको हो ।  

समूह ‘ए’ अन्तर्गत जर्जियाको घरेलु मैदानमा भएको खेलमा स्पेनको अल्भारो मोराटाले ह्याट्रिक गरे ।

त्यस्तै, स्पेनका लागि ड्यानी ओल्मो, निको विलियम्स र लामिने यामलले १/१ गोल गर्दा एक गोल स्पेनले उपहार पायो ।   

जर्जियाका लागि चाकभेटाड्जले मात्र एक गोल फर्काए । स्पेन ३ खेलमा २ जितका साथ समूह ’ए’ को दोस्रो स्थानमा रहेको छ ।

समूह ‘ए’ मा स्कटल्याण्ड अपराजित रहेको छ । ६० राष्ट्र सहभागी छनोटबाट २३ राष्ट्र युरोकप २०२४ का लागि छनोट हुनेछन् ।  
 






  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ८:७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया