युरोकप छनाेटमा युक्रेनसँग हारबाट जोगियो इंग्ल्याण्ड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युरोकप २०२४ को छनोटमा युक्रेनसँग इंग्ल्याण्ड १–१ को बराबरीमा रोकिएको छ । योसँगै इंग्ल्याण्डको लगातार चार जितको यात्रामा ब्रेक लागेको छ ।  

छनोटको समूह ‘सी’ अन्तर्गत गएराति  पोल्याण्डमा भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग हारबाट जोगिन सफल भयो ।  खेलमा युक्रेनले सुरुआताी अग्रता लिएको थियो । 

२६औँ मिनेटमा अलेकजान्डर जिनचेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर ४१औँ मिनेटमा इंग्ल्याण्डका काएल वाल्करले गोल गर्दै खेल बराबरीमा ल्याए । 

यो बराबरीपछि समूह ‘सी’ मा इंग्लयाण्डको ५ खेलबाट १३ अंक भएको छ । ऊ शीर्ष स्थानमै कायम छ । युक्रेन ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, यही समूहको अर्को खेलमा इटाली नर्थ मेसेडोनियासँग १–१ को बराबरीमा रोकियो । बराबरीपछि ३ खेलबाट ४ अंकसहित इटाली तेस्रो तथा ४ खेलबाट उती नै अंक रहेको मेसेडोनिया चौथो स्थानमा छ ।
 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ७:२२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया