एकीकृत समाजवादीले रामकुमारी झाँक्रीलाई के दियो जिम्मेवारी ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीकी नेत्री एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई सो पार्टीले प्रवास विशेष प्रदेशको संयोजक तोकेको छ । 

पार्टी सचिवसमेत रहेकी उनी यसअघि पार्टीले जिम्मेवारी नतोकेको भन्दै असन्तुष्ट रहँदै आएकी थिइन्। उनलाई युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको समेत जिम्मेवारी तोकेको छ।

भदौ ५ देखि ७ गतेसम्म ललितपुरमा बसेको पार्टी केन्द्रीय कमिटीको छैटौँ बैठक, भदौ १८ र २२ गते बसेको सचिवालयको ६५औँ र ६६औँ बैठकले गरेका विभिन्न निर्णय सर्कुलर गर्दै एकीकृत समाजवादीले कार्यविभाजनबारे जानकारी गराएको हो।





  • प्रकाशित मिति : भदौ २८, २०८० बिहीबार १९:१६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया