तीजका नाममा विकृति बढिरहेको छ : मन्त्री शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले देशको सांस्कृतिक अवस्था नकारात्मक ढंगले बदलिएको बताएकी छन् । तीज मनाउने कुरामा पनि विकृति बढिरहेको भन्दै उनले चिन्ता व्यक्त गरेकी हुन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं समन्वय सम्पर्क मञ्चले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था मात्र होइन सांस्कृतिक अवस्था पनि नकारात्मक ढंगले बदलिएको बताएकी हुन् । 

उनले भनिन्, ‘हाम्रो संस्कृति जसरी विकृत हुँदै छ । जसरी पुँजीवादमा प्रवेश गर्दै छ हामीले हाम्रो संस्कृति जोगाउनुपर्छ हाम्रो संस्कृति परम्पराको रक्षा गर्नुपर्छ । हामीले व्यवस्था बदलियो, अवस्था बदलिएको छैन भनिरहेका छौँ नि, त्यो आर्थिक अवस्था मात्र होइन हाम्रो सांस्कृतिक अवस्था पनि बदलिएको छैन । बदलिए पनि नकारात्मक ढंगले बदलिएको छ ।’
 
मन्त्री शर्माले नेपालमा तीजको दर खाने प्रचलनमा पनि विकृति बढिरहेको टिप्पणी गरिन् । महिलाहरुले रक्सी चुरोट सेवन गर्नेजस्ता गलत कुरामा पुरुषसँग प्रतिस्पर्धा गर्ने गरेको उनको भनाइ छ । 

उनले भनिन्, ‘तीजमा पनि विकृति बढिरहेको छ । हामी कतातिर जाँदै छौँ ? हाम्रो नयाँ पुस्ता कहाँ जाँदै छ ? एकातिर गहना कपडा सबैको प्रतिस्पर्धा भइरहेको छ । रक्सी चुरोटको सेवन गरी समानताको नाममा नकारात्मक कुरामा पुरुषले जस्तै गर्नुपर्छ भन्ने प्रतिस्पर्धा बढेको देखिन्छ ।’ 
 





  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार १६:४२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया