चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘उपहार’को छायाङ्कन स्थलमा अभिनेत्री रेखा थापा रातो सारीमा देखिएकी छन् ।

आज भाद्र शुक्ल तृतीया अर्थात् हरितालिका (तीज) पर्वका अभिनेत्री थापा छायाङ्कनका लागि रातो सारीमा देखिएकी हुन् । हिन्दु नारीले तीज महादेवको पूजा आराधना गरी मनाउँदै छन् । 

चलचित्रमा अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा देखिँदै छिन् भने रेखा थापा र पूजा शर्मासँग एकसाथ काम गर्नेछन् । 

चलचित्रमा मुकुन भुषालको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रबाट मिस्टर नेपाल २०२३ का विजेता समर्पणङ्ग कार्कीले डेब्यू गर्दै छन् ।

विष्णु कल्पितको छायाङ्कन रहने चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ । काठमाडौं आसपासमा छायाङ्कन हुने चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीले तयार पारेका हुन् । 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार ११:२६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया