तीजको अवसरमा  दृष्टि फाउन्डेसनलाई २५ थान म्याट सहयोग

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

धनगढीमा रहेको दृष्टि फाउन्डेसनमा २५ थान म्याट सहयोग गरिएको छ । अभिनेता पल शाह र धनगढीका युवा व्यवसायी तथा समाजसेवी मिलन कुँवरले फाउन्डेसनलाई म्याट सहयोग गरेका हुन् ।

नेपाली नारीहरूको महान् चाड तीजको अवसरमा अभिनेता शाह र समाजसेवी कुँवरले असहाय नारीहरूलाई म्याट सहयोग गरेको फाउन्डेसनकी सञ्चालिका कल्पना भट्टले बताइन् ।
 
उनले फाउन्डेसनमा सहारा लिइरहेका मानसिक सन्तुलन गुमाएका महिलाहरूको लागी झन्डै १ लाख ५ हजार बढीका ओछ्याउने म्याट सहयोग पाइएको बताइन् । यस्तै चाउचाउ लगायत अन्य खाद्यान्न सामाग्री समेत सहयोग गरिएको छ । 

यसरी तीजको लहर चलिरहेका बेला गरिएको सहयोगले दृष्टि फाउन्डेसन परिवारमा पनि छुट्टै रहर थपिएको भट्टले बताइन् ।  उनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई आगामी दिनमा पनि सहयोगको अपेक्षासहित धन्यवाद दिइन् ।  

मानसिक सन्तुलन गुमाएर परिवार समाजले हेला गरेका नारीहरूलाई राहत होस् भन्ने उद्देश्यले म्याट सहयोग गरिएको समाजसेवी कुँवरले बताए । असहाय र सहारा विहीनहरूलाई सहारा दिइरहेका दुवै फाउन्डेसनले समाजमा उदाहरणीय काम गर्दै आइरहेको उनले बताए । 

उनले समाजसेवी हातहरूले गर्दा समाजमा रहेका असहाय र बेसहाराहरूले सहारा पाइरहेको बताए । दृष्टि फाउन्डेसनमा हाल ५० जना बढी  मानसिक सन्तुलन गुमाएका महिला तथा बालबालिकाहरू बसोवास गरिरहेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १३:५६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया