धूमधाम साथ मनाइँदै तीज, साँझ ५ बजेसम्म पौने तीन लाखले गरे पशुपति दर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज तिर्थालुहरूले पूजा आराधना मनाइरहेका छन् । पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठूलो भिड छ । 

काठमाडौंको पशुपति, डोलेश्वर, कुम्भेश्वर, भालेश्वर लगायतका महादेव मन्दिर उपत्यका बाहिरका विभिन्न मन्दिरमा दर्शनार्थीले पूजा गरी नाचगान गरिरहेका छन् । यसैबीच काठमाडौंको पशुपति नाथमा आज अपराह्न पाँचबजेसम्म झण्डै पौने तीन लाख दर्शनार्थिले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् । 

पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले भने, ‘अपराह्न पाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन् । अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ ।’ 

पशुपति दर्शनका हिसाबले अहिले सम्मकै व्यवस्थित तीज पर्वको रूपमा दर्शनार्थीले व्याख्या गरेको उनको दाबी छ । भाद्र शुक्ल तृतीया वा आजको दिन  व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।



 



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १७:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया