सरकार र आन्दोलनरत शिक्षक छलफलमा, जुट्ला सहमति ?

सरकारले शिक्षासम्बन्धी विधेयकका प्रावधानविरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकसँग छलफल सुरु गरेको छ । आन्दोलनरत शिक्षक र सरकारबीच आज बिहान ८ बजेदेखि छलफल सुरु भएको हो ।

छलफलमा सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई,  शिक्षा सचिव सुरेश अधिकारी रहेका छन् ।

यस्तै, आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी छन् । 

संसद्मा दर्ता विद्यालय शिक्षा विधेयकविरुद्ध देशभरका शिक्षकले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलन सुरु गरेका छन् । आज पनि सहमति जुट्न नसके आन्दोलन जारी राख्ने शिक्षकहरूको भनाइ छ ।  
 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार ९:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया