स्विडेनकी १६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनीत

स्विडेनकी १६ वर्षीया किशोरी ग्रेटा थन्बर्ग यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छिन् । उनलाई नर्वेका तीनजना सांसदले नोबेल शान्ति पुरस्कारका लागि मनोनीत गरेका हुन् ।

थन्बर्गले जलवायु परिवर्तनविरुद्धको अभियान सञ्चालन गरेको भन्दै उनलाई लाई पुरस्कारका लागि मनोनयन गरिएको हो ।  गत वर्ष उनले १५ वर्षको उमेरमा जलवायु परिवर्तनको विषयमा हस्ताक्षर संकलन गरी उनले संसदमा बुझाएकी थिइन । 

‘फ्राइडे फर द फ्युचर’ नामक अभियानमार्फत उनले जलवायु परिवर्तनबारे पर्चासमेत बाँडेकी थिइन् । उनले पुरस्कार जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोडिनेछ । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन्। 

सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि दुई सय २३ व्यक्ति र ७८ संस्था गरी तीन सय एकजना मनोनयनमा परेका छन् ।





  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १६:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया