पारस खड्का क्रिकेट संघको सचिवमा निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित भएका छन् । बागमती प्रदेश क्रिकेट संघको अध्यक्षसमेत रहेका पारस केन्द्रीय सचिवमा निर्वाचित भएका हुन् । 

शनिबार भएको मतदानको परिणामअनुसार पारसले निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पराजित गरेका छन् । कुल ८५ मतदाता रहेकामा ७५ मत गनिसक्दा पारसले जितका लागि आवश्यक ४३ मत पाएका हुन् । 

पारसले ४३ मत पाउँदा प्रशान्तले ३२ मत मात्रै पाएका छन् । यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार १७:२५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया