घरेलु क्रिकेटको संरचना निर्माणमा ध्यान दिन्छु : पारस खड्का

नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस खड्काले घरेलु क्रिकेटको संरचना निर्माण पहिलो प्राथमिकता रहने बताएका छन् । 

शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खड्काले अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताए । 

उनले भने, ‘नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिवजस्तो पदमा निर्वाचित हुँदा मेरो एउटा मात्र सोच विचार भनेको घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने ठूलो ध्यान पुर्याउनु पर्छ ।’

उनले क्रिकेट क्षेत्रको भौतिक विकासका लागि ठूलो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई व्यवस्थित गर्नुपर्ने टिप्पणी गरे । 

उनले भने, ‘हामी सँग दुईवटा अन्तराष्ट्रिय क्रिकेट मैदान छन् । त्यसमा पनि पहिलो प्राथमिकता त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान ठूलो इतिहास बोकेकाले यसलाई हामीले व्यवस्थित गर्ने हो भने नयाँ भौतिक पूर्वाधार निर्माणको सुरुवात हुन्छ ।’

जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो नहुने उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : असोज ६, २०८० शनिबार २०:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया