कोशी नामकरण गरेर ठीक गर्‍यौँ, यसबाट डराउनुपर्ने अवस्था छैन : मुख्यमन्त्री कार्की
‘एमालेलाई धेरै समस्या छैन’
फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संघ (पिपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्‍घाटन गर्दै उनले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्र रहेको दाबी गरे ।   

‘कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपर्थ्यो, त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो,’ मुख्यमन्त्री कार्कीले भने । तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

कोशी नामकरणविरुद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उनले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौंदेखिका मानिस ल्याउन थालिएको दाबी गरे । मुख्यमन्त्री कार्कीले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाए ।

उनले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गरे ।

सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए । 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया