राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी छ : सञ्चार मन्त्री शर्मा
फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीतिप्रति नकारात्मक प्रवृत्ति हाबी भएको बताएकी छन् । आइतबार सिंहदरबारमा भएको हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले सकारात्मक प्रवृत्ति किनारामा हुँदा नकारात्मकता हाबी भएको बताइन् । उनले पत्रकारिता क्षेत्रमा पत्रकारिता कसरी टिकाउने भन्ने चुनौती रहेको पनि बताइन् । उनले पछिल्लो समय सूचना प्रविधिमा आएको विकासबाट सही सदुपयोग हुन नसक्दा आएका नकारात्मकताले झनै चुनौती थपेको बताइन् । उनले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन जरुरी रहेको बताइन् । उनले सञ्चार क्षेत्रसँग संवद्ध, नियम, कानुन, ऐनलाई सरकारले व्यवस्थित बनाएर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

उनले भनिन्, ‘अहिले कसैमा पनि भावना सकारात्मक छैन । राजनीतिक व्यक्तिप्रति किन सकारात्मक छैन धारणा भन्दा यहाँ नकारात्मक प्रवृत्ति हाबी छ । सकारात्मक प्रवृत्ति किनारामा छन् । त्यस कारण सतहमा जे छ, त्यही कुरा हाबी हुँदा त्यसको अपजस सबैले भोग्नुपर्छ ।’

मन्त्री शर्माले जनताको अवस्था सही बनाउन नसके बोलेर मात्रै व्यवस्था ठीक छ भन्न नसकिने बताइन् । 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार १४:२१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया