आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिँदै

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ । समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४  विधामा वितरण गरिने जानकारी दिइएको हो । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले पुरस्कार समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । 

‘लाइफ टाइम अचिभमेन्ट’ बाट कृष्णसुधा ढुङ्गानालाई, संस्थागत स्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेलाई र एकनारायण भण्डारीलाई ‘दशक स्रष्टा सम्मान’ प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी दिए । 

राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान, ‘बाबरी फूलको बोट’लाई सदाबहार लोकगीत सम्मान, कृष्ण आँसुलाई लोकदोहोरी कलाकार साँझ सम्मान र सपना रोकालाई लोकदोहोरी उपत्यका विशिष्ट सम्मान प्रदान गरिने भएको छ । लोकदोहोरी सम्मान विशेष सम्मान शिव हमाललाई प्रदान गरिनेछ ।  





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १९:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया