सरकारले सहमति कार्यान्वयन नगरेकाे महासंघकाे गुनासाे

निर्माण उद्योग व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारसँग भएको नौबुँदे सहमति अझै कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । 

आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले नामक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गरिएको सहमति अझै पूरा नभएको भन्दै दसैँअगाडि आइरहेको समयमा सप्लाई चेन र मजदूरलाई भुक्तानी गर्न नसकेको बताए ।
 
उनले भने, ‘सरकारले अझसम्म पनि निर्माण उद्योगलाई भुक्तानी नगरेको हुनाले हाम्रो सप्लाई चेन अस्तव्यस्त भएको छ । सप्लाई चेनलाई, मजदूरलाई भुक्तानी गर्न सकेको छैन । हामी आन्दोलित भयौँ, सरकारसँग सहमति पनि गरौँ र हाम्रो नौबुँदे सहमतिलाई कार्यान्वयन गर्न हामी डेढ महिनादेखि कुरिरहेका छौँ ।’ 

प्रधानमन्त्री भ्रमणमा जानुभन्दा अगाडि नै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए पनि  पूरा नभएको उनले बताए । उनले मुलुक अराजक अवस्थामा पुगेको, कर्तव्यबोध कसैले पनि नगरेको भन्दै यसले निमार्ण उद्योग एकदमै धराशायी भएको बताए । 

यस्तै, उनले अनावश्यक दबाब दिएर विनाबजेटको योजना कार्यान्वयन गर्न नसक्ने भन्दै म्याद थप मात्रै गरेर समस्याको समाधान नहुने बताए । 

उनले भने, हामीलाई म्याद थप मात्रै गरेर समस्याको समाधान हुँदैन । अहिले २५ सय, तीन हजार योजनाको म्याद थप हुँदै गर्दा चार खर्बको भुक्तानी सिर्जना हुन्छ । त्यो भुक्तानी राज्यले कसरी व्यवस्था गर्छ, यो कुरा पनि याद राख्नुपर्छ ।’ 

अनावश्यक दबाब दिएर विनाबजेटको योजना दिइएको भनदै उनले विनाबजेटका योजना कार्यान्वयन गर्न नसक्ने बताए । निर्माण उद्योग चलायमान नभएकाले अहिले उद्योगहरु पनि क्षमताको ३० प्रतिशत मात्रै सञ्चालन हुन सकेको उनको भनाइ छ । 



यस्तै, उनले सरकारले व्यवसायमा गरेको कमीकमजोरीलाई सुधार गर्ने र त्यसलाई खबरदारी गर्ने काममा प्रतिपक्षले प्रमुख भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । 



  • प्रकाशित मिति : असोज ९, २०८० मंगलबार १७:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया