राष्ट्रिय नीतिमा सबै एक भएर अघि बढ्नुपर्छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले धार्मिक, सामाजिक सद्भाव बिथोलिने घटनाहरू भइरहेकोप्रति राज्य सत्ताको नेतृत्व गरिरहेका नेतृत्व वर्ग र मूल राजनीतिक दलले लचकता, संयमता र धैर्यताको साथ काम गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सद्भाव बनाएर लैजान आवश्यक भएको भन्दै राष्ट्रिय नीतिमा सबै एक भएर अगाडि बढ्नुपर्ने बताए । 

१५४ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवस विशेष कार्यक्रममा पुनले नेपालमा पछिल्लो समय धार्मिक, सामाजिक सद्भाव बिथोल्ने घटना भइरहेको भन्दै त्यसमा राज्यका शक्तिलाई विश्वासमा लिएर राष्ट्रिय सद्भाव कायम राख्न मूलधार निर्माण गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘राष्ट्रिय शक्तिहरूलाई विश्वासमा लिएर हाम्रा विदेश नीति, आर्थिक नीति, विकास नीति, शिक्षा नीति, सामाजिक रूपान्तरणका नीति, सांस्कृतिक लगायतका राष्ट्रिय नीतिहरूमा सत्ता पक्ष, प्रतिपक्ष, राजनीतिक र राज्यका अन्य सबै शक्तिहरूलाई विश्वासमा लिएर मूलधार निर्माण गर्नुपर्छ ।’

पछिल्लो समय धार्मिक सामाजिक सद्भाव बिथोल्ने गतिविधि र घटना बढेकोमा उनले राज्यको नेतृत्व गरिरहेको नेतृत्व वर्गले लचक, संयम र धैर्य देखाएर सामाजिक सद्भाव कायम गर्नुपर्ने बताए । 

‘विभिन्न सामाजिक, धार्मिक सद्भावहरू बिथोलिने घटनाहरू देखिएका छन् । त्यसमा मूल राजनीतिक दलहरू राज्य सक्ताको नेतृत्व गरिरहेको नेतृत्व वर्गले लचकता, संयमता र धैर्यताका साथ एउटा सामाजिक सद्भाव बनाएर जानुपर्ने छ’ पुनले भने ।  





  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १७:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया