प्रधानमन्त्री र एमसिसी सिइओबीच भेटवार्ता, के भयो कुराकानी ?

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अल्ब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन् ।

उनीहरूबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसिसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ । 

एमसिसी परियोजना कार्यान्वयनको औपचारिक सुरुवात भएको एक महिनापछि अल्ब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको थियो ।  
 





  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार ११:४६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया