नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने विश्व बैंकको प्रक्षेपण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमै सीमित हुने अनुमान गरेको छ । 

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

जलविद्युत् उत्पादनको निरन्तर विस्तारसँगै औद्योगिक क्षेत्रको वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ । 

त्यस्तै, थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धानउत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान विश्व बैंकको छ ।

कमजोर वित्तीय कार्यसम्पादनका कारण सार्वजनिक ऋण बढेर कुल गार्हस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।





  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार २१:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया