आपत्ति जनाउँदै लिङ्देनले भने- राजावादीले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने कुरालाई पुष्टि गर्नुपर्‍यो
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजावादीहरूले धार्मिक सद्भाव बिथोल्न लागेको भन्ने भनाई प्रति आपत्ति जनाएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरूले लोकतन्त्र विरोधी के गतिविधि गरे ? भनी प्रश्न समेत गरे । अध्यक्ष लिङ्देनले पूर्वराजा शाह र राजावादीहरूले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनी दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत व्यक्त गरे । 

उनले क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरूलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनी सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे । 

अध्यक्ष लिङ्देनले भने, ‘राजावादीहरूको, जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । र, राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरिराखेको छ । र, लोकतन्त्र विरोधी भएको छ ? म त्यसको जानकारी लिन चाहन्छु । र, त्यसको बारेमा प्रष्ट पार्न म ती वक्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु । जघन्य अपराधका आरोपीहरूलाई जेलबाट छोड्ने, बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने, क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउने काम लोकतान्त्रिक हो ? म सोध्न चाहन्छु । ’

अध्यक्ष लिङ्देनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काम लोकतन्त्रको हो भन्दै प्रश्नसमेत गरे ।  





  • प्रकाशित मिति : असोज १९, २०८० शुक्रबार १२:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया