कोसीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रदेशसभाबाट आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनको लागि आज शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ। 
सरकारका लागि प्रदेश सभाको अंकगणित प्रतिकूल हुँदा कार्कीले विश्वासको मत पाउने सम्भावना भने कमजोर बनेको छ । 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ मत चाहिन्छ। सरकारसँग अहिले उपसभामुखसहित ४० प्रदेशसभा सदस्य छन्। प्रदेशमा सभामुख भने खाली छ। 

 एमालेसँग मत दिन पाउने प्रदेशसभा सदस्य ३९ मात्रै हुन्छन्। एमालेसँगै गठबन्धनमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग ६ जना प्रदेशसभा सदस्य छन्। तर उनले विश्वासको मत पाउन राप्रपा एक्लैले साथ दिएर पनि नपुग्ने देखिन्छ ।  





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार ९:०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया