संघीयता आवश्यक छैन, देशबाट भाग्नुपर्ने स्थिति आउन सक्छ : लिङ्देन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
 
संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै उनले रक्तपातविना र दबाबविना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलसँग आग्रह गरे । नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको उनले बताए । 

राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिँदै उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने दाबी गरे । दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेगरी अघि बढ्न उनले दलका नेता, कार्यकर्तालाई निर्देशन दिए । 





  • प्रकाशित मिति : असोज २०, २०८० शनिबार २१:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया