प्रधानन्यायाधीश श्रेष्ठको गुनासो- अदालतका भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा परेन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नगएको गुनासो गरेका छन् । आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवन उद्घाटन गर्दै उनले न्यायपालिकाको वर्तमान अवस्था हेर्दा भवनहरू पुराना र जीर्ण अवस्थामा रहेको भन्दै अदालतका भौतिक पूर्वाधार निर्माण र सुधारमा सम्बन्धित निकायको ध्यान नपुगेको बताए ।

उनले भने,‘न्यायपालिकाको अवस्थालाई हेर्दा अझै पनि थुप्रै भवनहरूमा पुराना जीर्ण र अपर्याप्त अवस्थामा रहेका छन् । अदालतका भौतिक पूर्वाधार निर्माण र सुधार सम्बन्धित निकायको अझ पनि पर्याप्त ध्यान संवेदनशीलता तथा प्राथमिकता नपुगेको अनुभूति न्यायपालिकाले गरेको छ ।’

उनले अहिले न्यायपालिकाले स्वाभाविक लय लिई सुधारको मार्गमा उन्मुख भइरहेको बताए । छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर रहेको उनको भनाई छ । 

उनले भने, ‘अहिले न्यायपालिका स्वाभाविक लय लिन थालेको छ र सुधारको मार्गमा उन्मुख भइरहेको छ । छिटो छरितो र गुणस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन जनआस्था अभिवृद्धिलाई केन्द्रबिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ । ’

उनले सार्वजनिक सेवा प्रवाहको निमित्त भौतिक पूर्वाधार सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १६:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया