युरोकप छनोटमा पोर्चुगलको फराकिलो जित, रोनाल्डोको २ गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

युरोकप छनोटमा पोर्चुगलले फराकिलो जित निकालेको छ । गएराति सम्पन्न खेलमा पोर्चुगलले अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध ५–० को जित निकालेको हो । 

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २, जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको १–१ गोल गरे । पोर्चुगलले सबै गोल पहिलो हाफमै गरेको थियो ।

युरो कपमा छनोट भइसकेको पोर्चुगलले ८ खेलमा २४ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा छ । समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको ८ खेलबाट १६ अंक छ । पराजित बोस्निया ९ अंकका साथ पाँचौं स्थानमा छ  । 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ७:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया