विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगितामा प्रतिभा प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२३ का प्रतियोगीले ट्यालेन्ट राउण्ड अन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । 

काठमाडौंको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमासम्पन्न ट्यालेन्ट शोमा मिसेस् नेपाल वर्ल्ड २०२३ मा सहभागी दुई दर्जन विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, मुक्तक, अभिनयलगायतका आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका थिए ।

पेजेन्ट निर्देशक निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरूले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस् ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी कार्तिक २२ गते राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने झाले जानकारी दिए ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्ड २०२३ को ट्यालेन्ट शोमा अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, कोरियोग्राफर जोगेन्द्र केसी, नायकद्वय गजित बिष्ट र तेज गिरी तथा गायिका निशा देशार निर्णायक रहेका थिए ।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा आइना गजुरेल, देवी थापा गुरुब, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह,निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुब, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मङ्गली सिलवाल र सरु आरएल राणा सहभागी छन्। प्रतियोगिता सन्दीप भुजेलको डान्स कोरियोग्राफी तथा सम्राट शाह र गंगा महर्जनको संयोजनमा हुनेछ।

प्रतियोगिता विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस् वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेसइन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिंगापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएसइन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । 





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १२:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया