जनताबाट अलग भएर रूपान्तरणका काम गर्न सकिँदैन : पम्फा भुसाल
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व मन्त्री पम्फा भुसालले जनताबाट अलग भएर रूपान्तरणका काम गर्न नसकिने बताएकी छन् । 

सो पार्टीको ललितपुर महानगर कमिटीले विजया दशमी, नेपाल संवत्, शुभ दीपावली तथा छठ पर्वका अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले समाज विकासको क्रमसँगै मानिसमा विकास भएको चेतनाका आधारमा विभिन्न सांस्कृतिक परम्परा सिर्जना भएको बताइन् । उनले समाजको अगुवामा समयसापेक्ष रूपमा जनताको चाहानाअनुसार नेतृत्व गर्ने चिन्तन, व्यवहार र रूपान्तरण आवश्यक रहेकामा जोड दिइन् । 

‘समाजलाई साथमा लिएर अगुवाइ गर्दै परिवर्तनको काम गर्नुपर्ने आवश्यकता छ, हामीले प्राप्त उपलब्धि, सामना गरेका चुनौतीहरूलाई आत्मसाथ गर्दै रूपान्तरणका लागि सुझाव ल्याउनुपर्ने छ, यसका लागि जनताबाट अलग भएर रूपान्तरणका काम गर्न सकिँदैन, पार्टीको रूपान्तरणका लागि हामीले अभियानलाई परिमार्जन गरेर जानुपर्ने हुन्छ, हामी पहिला आफू रूपान्तरण हुने र अनि पार्टीलाई रूपान्तरण गर्ने यात्रामा लागेका छौँ’, उपाध्यक्ष भुसालले भनिन् । 

उनले नियमित रूपमा समितिका बैठक बसेर समस्याको पहिचान गर्दै इतिहासको विरासतलाई वर्तमानसँग जोडेर भविष्यको निर्माण गर्ने गरी नयाँ पार्टी निर्माण गर्न निरन्तरता र गुणात्मकता कायम गर्ने गरी रूपान्तरणको अभियानमा लाग्न आग्रह गरिन् ।  





  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार १७:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया