दर्शकलाई नयाँ ‘उपहार’ पस्किँदै रेखा थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नायिका रेखा थापाले आफ्नो नयाँ चलचित्र ‘उपहार’ आउँदो माघ २६ मा दर्शकलाई उपहार दिने घोषणा गरेकी छन् । यसअघि यो चलचित्रलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो । तर रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ रिलिज गरिने कार्यक्रम तय भएपछि उपहारको प्रदर्शन मिति माघमा सारिएको हो ।

‘उपहार’ चलचित्रको वर्णन गर्दै नायिका रेखा थापाले सुनाइन्, ‘यो चलचित्र मेरो   मन, वचन र कर्मको त्रिवेणी हो, मेहनतको परिणाम हो ।’ प्रविधिको हिसाबका दृष्टिले र छायाङ्कनको गुणस्तरमा केही नयाँपन आए पनि चलचित्रको कथामा नयाँ धार नहुने तर समग्रमा फिल्म व्यावसायिक र मनोरञ्जनात्मक भएको रेखाको भनाई छ।

रेखाले भनिन्, ‘हामीले समाजलाई सुधार गर्न सकेका छैनौँ भने चलचित्र समाजलाई लिड गर्ने माध्यम बन्नु पर्छ। रुद्र प्रिया र मालिकामा मैले एक किसिमको बाटो बिराएको कुरालाई सुधार गरेर आफ्नै नेपाली परिवेश समाज, मौलिक कथा लिएर उपहार बनाएकी हुँ। समग्रमा भन्नु पर्दा यो व्यावसायिक र मनोरञ्जनात्मक चलचित्र हो।’

रेखालाई यस्तो लाग्छ, चलचित्र निर्माणको कल्पना गर्दा मेरो मात्र भए पनि यो सकिँदा सबै टिमको र प्रदर्शनमा जाँदा सबै दर्शकको आफ्नै जस्तो हुने छ । रेखा भन्छिन्,‘यो उपहार, यो चलचित्रसँग जोडिएका हरेक सदस्यको आफ्नो चलचित्र हो। यो रेखा फिल्मस्को मात्रै ज्ञानेन्द्र देउजाको मात्रै होइन सबैको हो। कल्पना गर्दा मेरो र ज्ञानेन्द्र दाइको मात्र थियो भने फिल्म सकिँदा सबैको भएको छ र प्रदर्शनमा जाँदा सबै दर्शकको हुने छ भन्ने विश्वास लिएकी छु।’ 

उनले घण्टाघरमा फिल्म सुटिङ् गर्ने समयमा घण्टाघरको अवस्था देखेर नराम्रो लागेको भन्दै आफ्ना पूर्वज र इतिहासलाई सम्मान नगर्ने हो भने वर्तमानमा आफू बाच्नुको कुनै औचित्य नभएको पनि बताइन् ।



‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाले भने फिल्म निर्माण सम्पूर्ण टिमको पूर्ण मद्दत रहेको भन्दै यो चलचित्र दर्शकहरूलाई मन पर्छ भन्ने कुरामा पूर्ण रूपमा आशावादी रहेको बताए ।  उनले भने, ‘यो फिल्मको स्क्रिप्ट बनाउन ५ महिना लाग्यो, यो क्षेत्रमा लाग्दै गर्दा मैले धेरै उतार चढावहरू भोगेको छु र यो फिल्म निर्माणमा पनि केही समस्यहरू आए। मैले जुन हिसाबमा फिल्म बनाउन खोजेको थिए त्यसलाई यो फिल्मको सम्पूर्ण टिमले पूरा गर्न मद्दत गर्नुभएको छ । यो चलचित्र राम्रो बनेको छ भन्ने कुरामा म ढुक्क पनि छु । दर्शकहरूलाई मन पर्छ भन्ने कुरामा पूर्ण रूपमा आशावादी पनि छु ।’
 
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भइरहेको ‘उपहार’ ले ३ महिला पात्रको कथालाई प्रस्तुत गरेको छ । फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमाल मुख्य भूमिकामा छन् । साथमा, फिल्ममा मुकुन भुषाल, तेज गिरी, शमर्पण जंग राणा, शिशिर राणा र अंशु थापा मुख्य भूमिका छ । सम्पर्ण जंग कार्की पाइलट पनि हुन् ।  



  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार ११:४७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया