यस्तो थियो २०१७ को लगानी सम्मेलन

काठमाडौं– १५ र १६ चैतमा नेपाल सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । यो नेपाल सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन हो । 

यसअघि २०७३ फागुनमा उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजनामा नेपालले दोस्रो लगानी सम्मेलन गरेको थियो । यसअघि २०४८ सालमा भएको लगानी सम्मेलनको खासै चर्चा नभए पनि २५ वर्षपछि गरिएको दोस्रो लगानी सम्मेलनको भने निकै चर्चा भयो । 

लगानी बोर्डका अनुसार होटल सोल्टीमा आयोजना गरिएको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी पाँच सयभन्दा बढी लगानीकर्ताको सहभागिता थियो । २१ देशका दुई सय ५७ विदेशी लगानीकर्ता उक्त सम्मेलनमा सहभागी थिए । दुई दिनको उक्त सम्मेलनमा विभिन्न चरणमा गरी ६० जना स्वदेशी तथा विदेशी लगानीकर्ताले आफ्नो धारणा राखेका थिए । 

‘लगानी सम्मेलन २०१७’मा सरकारले अपेक्षा गरेभन्दा निकै धेरै लगानीको प्रतिबद्धता पनि आयो । सरकारले १ खर्बको लगानीको अपेक्षा गरेको उक्त सम्मेलनमा १३ खर्ब ५७ अर्बको लगानी प्रतिबद्धता आएको लगानी बोर्डको दाबी छ । 

उक्त सम्मेलनमा सबैभन्दा धेरै चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका थिए । चिनियाँ लगानीकर्ताले मात्रै ८ खर्ब ४५ अर्ब लगानीको प्रतिबद्धता दिएको लगानी बोर्डले जनाएको छ । यस्तै, उक्त सम्मेलनमा नेपालमा लगानीको लागि २ खर्ब बंगलादेश तथा १–१ खर्ब जापान र बेलायतले लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, उक्त सम्मेलनमा श्रीलंकाका लगानीकर्ताले ५० अर्ब र भारतीय लगानीकर्ताले ३६ अर्बको प्रतिबद्धता जनाएका थिए । 

‘लगानी सम्मेलन २०१७’ नाम दिइएको उक्त सम्मेलनमा सरकारले विभिन्न १२ क्षेत्रमा लगानी खुला गरिएको थियो । उद्योग मन्त्रालय र राष्ट्रिय योजना आयोग तथा लगानी बोर्डको संयुक्त आयोजनामा सम्पन्न उक्त लगानी सम्मेलनमा कृषि, पूर्वाधार, ऊर्जा, उडड्यन, रेलमार्ग, खनिज, उत्पादन, पर्यटन तथा स्वास्थ्यका क्षेत्रमा लगानीकर्ताले विशेष चासो देखाएका थिए । 





  • प्रकाशित मिति : चैत ५, २०७५ मंगलबार १६:५३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया