ब्राजिलमा विमान दुर्घटना, १२ जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ब्राजिलमा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पश्चिमी ब्राजिलको एकर राज्यको राजधानीमा रहेको रियो ब्रान्को एयरपोर्टनजिकै  विमान  दुर्घटना भएको हो । 

अधिकारीहरूका अनुसार ब्राजिलको अमेजन क्षेत्रमा आइतबार सानो विमान दुर्घटनामा परेर त्यसमा सवार १२ जनाको मृत्यु भएको हो ।

स्थानीय फर्म एआरटी ट्याक्सी एरियोद्वारा सञ्चालित विमान टेकअफको लगत्तै दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार एक शिशुसहित सबैको मृत्यु एकर राज्य सरकारले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विमान अमेजनस राज्यको एन्भिराका लागि उडेको थियो । 





  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार २३:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया