दीपेन्द्र सिंह ऐरी घाइते, विवेकले लिए उनको स्थान
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य दीपेन्द्र सिंह ऐरी घाइते भएका छन् । उनी आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासका क्रममा घाइते भएका हुन् । अभ्यासका क्रममा दीपेन्द्रको खुट्टा मर्किएको बताइएको छ ।

उनको स्थानमा युवा अलराउन्डर विवेककुमार यादवलाई प्लेइङ–११ मा समावेश गरिएको छ । सिंगापुरविरुद्ध नेपालले टस हारेर फिल्डिङको मौका पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले उत्कृष्ट बलिङ गरेको छ ।  यो समाचार तयार पार्दासम्म नेपालले १२ ओभरमा ५ विकेट लिएर ८० रन दिएको छ ।

नेपाललाई पाँचौं सफलता स्पिनर सन्दीप लामिछानेले दिलाए । उनले १०.२ ओभरमा जनक प्रकाशलाई ७ रनमा एल्बीडब्लू धरापमा पारे । 

सिंगापुरको तेस्रो र चौथो विकेट  युवा अलराउन्डर गुलशन झाले लिए । उनले ७.१ ओभरमा आक्रामक ब्याटर रोहन रंगराजन र ७.५ ओभरमा अमर्त्य कौललाई आउट गरेका हुन् । रंगराजनलाई आउट गर्नेक्रममा सन्दीप जोराले उत्कृष्ट क्याच पक्रिए । 

रोहनले ३० बलमा ९ चौका र एक छक्काको मद्दतमा ४६ रनको आक्रामक पारी खेले । अमर्त्य भने शून्यमै आउट भए । सिंगापुरको दोस्रो विकेट स्पिनर सन्दीप लामिछाने लिए । उनले ६.५ ओभरमा सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरे ।



नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्रा दत्तलाई शून्यमै बोल्ड गरेका थिए । 



  • प्रकाशित मिति : कात्तिक १३, २०८० साेमबार १०:३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया